नायिका रियाको निवेदन खारेज, १४ दिन हिरासतमा बस्नेत

मुम्बई । बलिउड नायिका रिया चक्रवर्तीको जमानत निवेदनलाई अदालतले खारेज गरिदिएको छ ।

अभिनेता सुशान्तसिंह राजपुतसँग जोडिएको लागुऔषध प्रकरणमा रिया चक्रवर्ती र उनका भाई शौविक प्रहरी हिरासतमा छन् । उनीहरूले धरौटीमा रिहाइको माग गरेर अदालतमा निवेदन दिएका थिए ।

अदालतले दुबैको निवेदन खारेज गरिदिएको छ । रिया र उनका भाई अब १४ दिन हिरासतमा बस्नेछन् । उनीहरूसँग प्रहरीले सोधपुछ र अनुसन्धान गर्नेछ ।

रिया र शौविकका साथै अब्दुल बासित, जैद विलात्रा, दीपेश सावन्त र स्यामुअल मिराण्डालाई पनि जमानत दिन अदालतले अस्वीकार गरेको छ ।

अब अभियुक्तले आगामी साता पुनः जमानतका लागि अपील गर्नेछन् । रिया चक्रवर्ती मुम्बईस्थितको भायखला जेलमा रहेकी छिन् ।

रियाको जमानत निवेदन खारेज भएपछि उनका वकिलले मुम्बई उच्च अदालतमा पुनः निवेदन दर्ता गर्ने तयारी गरेका छन् ।

Published : Friday, 2020 September 11, 7:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया