पाल्पाकाे प्रभाषमा लागूऔषधसहित दुई जना पक्राउ

तानसेन । जिल्ला प्रहरी कार्यालय पाल्पाले अबैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

चेकजाँचका क्रममा भदौ २४ गते प्रभाषस्थित सिद्धार्थ राजमार्गमा २४ वर्षीय प्रमोद घिमिरे र ३१ वर्षीय सुरेन्द्र घिमिरे पक्राउ परेको शुक्रबबार जारी विज्ञप्तिमा उल्लेख छ ।

उनीहरू रामपुर नगरपालिका–३ निवासी हुन् । उनीहरूको साथबाट ठूलो परिणाममा लागूऔषध बदारम भएको छ ।

प्रहरीले बा ७० प २९४४ नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिएको जनाएको छ ।

Published : Friday, 2020 September 11, 7:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया