बारा प्रहरीद्वारा तस्करको ११ लाखको सामान बरामद

बारा । जिल्ला प्रहरी कार्यालय बाराले ११ लाख ७२ हजार बराबरको चोरी निकासी र पैठारीको मालसामान बरामद गरी भन्सार दाखिला गरेको छ ।

बारा प्रहरीको गस्ती टोलीले भदौ २५ गते विभिन्न स्थानमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएको तथा नेपालबाट भारततर्फ निकासी गर्न लैजादै गरेको एघार लाख बहत्तर हजार दुई सय सत्तरी बराबरको सामान बरामद गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले विभिन्न किसिमका किराना सामान, केराउ समेतका मालसामान तथासामान ओसारपसार गर्न प्रयोग गरिएको ना ७ ख ६८५८ नम्बरको मिनी ट्रक, मोटरसाइकल र साइकललगायतका सामान बेवारीसे अवस्थामा बरामद गरी दाखिला गरिएको जनाएको छ ।

ती मालसामानहरू भन्सार ऐनअनुसार आवश्यक कारवाहीको लागि शुक्रबार भन्सार कार्यालय वीरगञ्जमा पठाइएको छ ।

Published : Friday, 2020 September 11, 7:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया