भाजपाको उक्साहटमा कंगना, शिव सेनाले देखाइदियो नायिकालाई औकात

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)ले बलिउड नायिका कंगना रनौतलाई उचालेको छ ।

भारतका विभिन्न स्थानमा भाजपाका नेता तथा कार्यकर्ताहरूले कंगनाको पक्षमा प्रदर्शन गरेका छन् । भाजपाका नेताहरूले महाराष्ट्राका मुख्यमन्त्री एवम् शिव सेनाका अध्यक्ष उद्धव ठाकरेसँग कंगनाको झगडालाई जोडेर हेरेका छन् ।

महाराष्ट्रामा भाजपा कमजोर मानिन्छ । कंगनाको विषयलाई उठाएर भाजपाले राजनीतिक फाइदा लिन खोजेको आरोप छ ।

मुम्बईस्थित कंगनाको कार्यालय रहेको भवनको संरचना मापदण्ड विपरित रहेको भन्दै महानगरपालिकाले भत्काइदिएको थियो ।

कंगनाको कार्यालय भनव भत्काइएपछि भाजपा निकटका भारतीय मिडियाहरूले शिव सेनालाई जबरजस्त रुपमा जोडेका छन् ।

महाराष्ट्रामा शिव सेनाले कम्युनिस्ट पार्टीसँग मिलेर सरकार बनाएको छ । त्यो सरकारलाई कंगना काण्ड देखाएर भत्काउन भाजपा सक्रिय भएर लागेको छ ।

कंगनाले फिल्म माफियाहरूसँग मिलेर शिव सेना र उद्धव ठाकरेले कार्यालय रहेको भवन अवैध रहेको भन्दै भत्काइदिएको आरोप लगाएकी छिन् ।

शिव सेना मुम्बईमा शक्तिशाली मानिन्छ । नायिका कंगनाले भाजपाको उक्साहटमा ठूलो जोखिम लिएर जथाभावी बोल्दै आएकी छिन् । उनले न्यायालयमा समेत महानगरपालिकाविरुद्ध उजुरी दिएकी छिन् ।

नायिका कंगनाको भवन अबैध रहेको भन्दै दुई वर्ष अगाडि सन् २०१८ मा नै मुम्बई महानगरपालिकाले सुधार गर्न निर्देशन दिएको थियो । तर, कंगनाले बेवास्ता गर्दै आएकी थिइन् ।
मुम्बईमा शिव सेनासँग झै–झगडा गर्नेहरूको फिल्मी करियर समाप्त हुने गरेको छ ।

अब कंगनाको पनि फिल्म करियर तनावपूर्ण हुने विश्लेषण हुन थालेको छ । शिव सेनाले चाहेन भने मुम्बईमा फिल्मकर्मीहरूले धेरै समस्या झेल्नुपर्ने हुन्छ ।

Published : Thursday, 2020 September 10, 10:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया