नायिका समिरालाई भद्दा चुम्बन गर्न दवाव

मुम्बई । परिवारमा व्यस्त रहेकी बलिउड नायिका समिरा रेड्डीले फिल्ममा काम गर्दा आफूमाथि भएका एकपछि अर्को दवावको बारेमा खुलासा गर्दै गएकी छिन् । बलिउडमा चरम नातावाद रहेको बताउने यी नायिकाले निर्देशकको भनाई नमान्दा फिल्मबाट हट्नु पर्ने अबस्थाको शिकार पनि आफू भएको बताएकी छिन् ।

‘एउटा फिल्ममा मलाई अलिक भद्दा चुम्बनको दृष्य दिन निकै दवाव दिइयो’, उनले भनेकी छिन्, ‘मैले त्यो दृष्यलाई फरक प्रकारले गर्न खोज्दा आफूले भने अनुसार नगरेमा फिल्मबाट हटाउने धम्की निर्देशकले दिए ।’

त्यसपछि आफूले नचाहेर पनि बाध्य भएर त्यो चुम्बन दृष्य दिनुपरेको समिराले बताएकी छिन् । शुरुमा फिल्मको एग्रिमेन्ट गर्दा त्यो दृष्य नभएको र पछि निर्देशकले सुनियोजित रुपमै त्यो दृष्य थपेको पनि नायिका समिराले बताएकी छिन् ।

‘एउटा फिल्ममा मलाई अलिक भद्दा चुम्बनको दृष्य दिन निकै दवाव दिइयो’, उनले भनिन्, ‘मैले त्यो दृष्यलाई फरक प्रकारले गर्न खोज्दा आफूले भने अनुसार नगरेमा फिल्मबाट हटाउने धम्की निर्देशकले दिए ।’

फिल्मका नायक नायिका देखि निर्देशकसँग हाँसिमजाक र ठट्टा नगरेको भन्दै एकपछि अर्को फिल्ममा आफूलाई लिन नमानेको घटना पनि समिराले खुलासा गरेकी छिन् । नयाँ फिल्ममा लिने तयारी हुँदाहुँदै निर्देशकले नै तपाई रोमान्टिक हुनुहुन्छ र तपाईको कारण सुटिङ नै बोरिङ हुन्छ भन्दै आफूलाई फिल्ममा नलिएको पनि समीराको कथन छ ।

समिराले फिल्ममा काम गर्दा आफूलाई धेरै गिद्धबाट जोगाउनु पर्नेभन्दै केही निर्देशकलाई गिद्धको उपमा दिएकी छिन् । केही निर्देशक राम्रा भए पनि केही गिद्ध जस्तै रहेको पनि समिराले बताएकी छिन् । उनले अहिलेका नयाँ अभिनेत्रीहरूलाई पनि यस्ता गिद्धबाट चनाखो भएर शिकार हुनबाट आफूलाई जोगाउन सुझाब दिएकी छिन् ।

Published : Thursday, 2020 September 10, 9:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया