महानगरले नायिका कंगनाको घर भत्काइदियो

मुम्बई । भारतको मुम्बई महानगरपालिकाले कानून विपरित बनाइएका घरको संरचना भत्कादिएपछि नायिका कंगना रनौत रिसाएकी छिन् ।

कंगनाले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई गाली गरेकी छिन् । शिव सेनाका अध्यक्ष समेत रहेका ठाकरे कंगनाले भनेकी छिन्, ‘आज मेरो घर भत्काइदिएको छस्, भोलि तेरो घमण्ड भत्किनेछ ।’

महानगरपालिकाले बुधबार घरको अबैध संरचनाहरू भत्काइदिएपछि कंगनाले मुम्बई उच्च अदालतबाट कारबाही रोक्न आदेश ल्याएकी छिन् ।

उच्च अदालतले बीएमसीलाई कंगनाको याचिकाको जवाफ दिन पनि निर्देशन दिएको छ । यसअघि मुम्बई महानगरपालिकाको एक समूहले अभिनेत्री कंगनाको घरका केही हिस्सा तोडफोड गर्न शुरु गरेको थियो जसलाई उनीहरूले अवैध तरिकाले गरिएको परिवर्तन बताइरहेका थिए ।

कंगना आफैंले उक्त कारवाहीको तस्बिर पोस्ट गर्दै मुम्बईको तुलना पुनः पाकिस्तान प्रशासित काश्मीरसँग गरेकी छिन् । पछिल्लो पटक उनको यहि बयानले हंगामा मच्चिएको थियो ।

Published : Wednesday, 2020 September 9, 9:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया