काठमाडौंमा फेरि सहकारीमा ठूलो काण्ड, धापाखेलबाट मान्छे पक्राउ

काठमाडौं । काठमाडौंमा सहकारी संस्थामा ठगी गरेको अभियोगमा राजकाजी खड्गी पक्राउ परेका छन् ।

४४ वर्षीय खड्गीले ५ करोड ६७ लाख रुपियाँ ठगी गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महानगरपालिका–२१ न्युरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ करोड ६७ लाख रुपियाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३१ बस्ने खड्गीलाई मंगलबार पक्राउ गरेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

खड्गी सहकारीको प्रबन्धक पदमा ७ वर्षसम्म कार्यरत रहँदा हिसाव तथा सहकारीको बैंक खाता सञ्चालन समेतको सम्पूर्ण जिम्मा लिई हिसाबको विवरण नदेखाई रकम ठगी गरेर फरार रहेका थिए ।

उनलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरेको थियो ।

उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।

Published : Wednesday, 2020 September 9, 3:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया