‘प्रेम गीत ३’ का निर्देशक गुरुङको निधन

काठमाडौं । फिल्म निर्देशक छेतन गुरुङको काठमाडौंमा निधन भएको छ । महाराजगञ्जस्थित मेट्रो हस्पिटलमा मंगलबार राति उनको निधन भएको हो ।

लिभरमा समस्या भएका गुरुङ २ दिनअघि हस्पिटल भर्ना भएका थिए । उनको अन्त्यष्टि बिहीबार गरिनेछ ।

गुरुङ ‘प्रेम गीत ३’, ‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ ‘डम्बरुको डण्डिबियो’का निर्देशक हुन् ।

उनको लेखन तथा निर्देशनमा रहेको चलचित्र ‘प्रेम गीत ३’ कोरोनाका कारण रिलिज हुन पाएको छैन ।

गुरुङले ‘हुतुतु’ नामक फिल्म निर्देशनको तयारी गरेका थिए ।

Published : Wednesday, 2020 September 9, 10:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया