राप्तीमा स्वरोजगर कार्यक्रम सञ्चालन

तर्थराज ज्ञवाली

सिसहनियाँ । दाङको राप्ती गाउँपालिकामा धेरैले नयाँ कामको सुरुवात गरेको पाइएको छ ।

कोरोना महामारीसंगै घरमै रहेर रोजगार खोज्ने क्रम बढेसंगै कृषि ब्यवसायमा चासो बढेको पाइएको हो ।

आफ्नै र भाडामा जमीन लिएर तरकारी खेती, पशुपंक्षी, माछा, माहुरी, फलफूल तथा ब्यापार तथा उद्योग शुरु गरेको पाइएको छ ।

छोट्की सिसहनियाँका खेमराज खड्काले भारतको दिल्लीबाट आएर कुखुरा पालन गरेका छन् ।

अनिल चौधरीले कतारबाट आएर घर निर्माणसम्वन्धि परामर्श तथा निर्माण एजेन्सी खोलेर घर निर्माण कार्य गरेका छन् ।

सूर्य नारायण चौधरीले बाख्रा पालन शुरु गरेका छन् । तुला गिरीले मसुरियामा हार्डवेयर पसल शुरु गरेका छन् ।

राप्ती गाउँपालिकाले राप्ती क्षेत्रका १ सय ३० जनालाई विभिन्न ब्यवसाय सञ्चालन, ब्यवस्थापन तथा प्रोत्साहन वापत अनुदान सहयोग गरेको छ ।

प्रतिकृषक २० हजारका दरले अनुदान प्राप्त गरेपछि थप उत्साहका साथ धेरैले ब्यवसाय वृद्धिमा लागेको प्राविधिक सहायक सिमा भट्टले जानकारी दिए ।

Published : Tuesday, 2020 September 8, 1:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया