पाल्पामा प्रहरी पिट्ने तीन जना पक्राउ

पाल्पा । पाल्पामा प्रहरीले मादक पदार्थ सेवन गरि शान्ति सुरक्षामा खलल पुर्‍याएको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।

रामपुर नगरपालिका– ५ स्थित रामपुर अस्पतालमा स्थानीय तीन जना युवाहरूले मादक पर्था सेवन गरि प्रहरीलाई अपशब्दमा गालीका साथै कुटपिट गरेको अभियोगमा पक्राउ गरि कारबाही चलाएको पाल्पाका प्रहरी प्रमुख एसपी सन्तोष भट्टराईले जानकारी दिए ।

पक्राउ परेका तीन जनालाई जिल्ला प्रशासन कार्यालय पाल्पामा पेश गरेर अनुसन्धानका लागि दश दिन म्याद थप गरिएको भट्टराईले बताए ।

पक्राउ पर्नेमा रामपुर नगरपालिकाका सुसन नेपाली, मनबहादुर नेपाली र सुरज सार्की रहेका छन् ।

नियन्त्रणमा लिई स्वास्थ्य परीक्षणका लागि ल्याइएकोमा अस्पतालमा सुरक्षार्थ खटिएका प्रहरी जवान जयप्रकाश चौधरीलाई उनीहरूले अश्लील शब्दमा गाली गलौज गर्दै हातपात तथा कुटपिट समेत गरेका थिए ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२ को सार्वजनिक शान्तिबिरुद्धको कसूरमा मुद्दा दर्ता गरी गरिएको छ ।

Published : Tuesday, 2020 September 8, 10:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया