ललितपुरबाट युट्युब सञ्चालक पक्राउ

काठमाडौं । प्रहरीले युट्युब च्यानलमार्फत कोरोनाभाइरस संक्रमणबारे अफवाह फैलाएको अभियोगमा युट्युबर सुवास सुब्बा लिम्बुलाई पक्राउ गरेको छ ।

सार्वजनिक शान्ति भंग गरेको अभियोगमा अन्तिम विकल्प प्रा.लि.का सञ्चालक ललितपुर महानगरपालिका–१४, नक्खिपोट बस्ने तेह्रथुम घर भएका ५१ वर्षीय लिम्बुलाई सोमबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

युट्युब च्यानलमा अन्तर्वार्ताको क्रममा कोरोना नै छैन सरकारले हावा पिटेको भन्दै उनले कोरोना संक्रमितको मृत्यु पश्चात आफन्तलाई भेटन नदिइ शरीरका विभिन्न अंगहरू (किडनी, आँखा, लिभर) झिकेर बेचबिखन गरी भष्ट्राचार गरिरहेको जनाएका थिए ।

लिम्बुले सडकमा आन्दोलन गर्न सबै आउनु पर्ने भन्ने जस्ता उत्तेजना फैलाउने, आम–सर्वसाधारणलाई दिगभ्रमित गराउने, विभिन्न व्यक्तिहरूलाई आक्षेप लगाउने अभिव्यक्तिहरू दिई सार्वजनिक शान्ति भंग गर्ने कार्यमा संलग्न भएको भन्दै महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर नक्खिपोटबाट पक्राउ गरेको जनाएको छ ।

लिम्बुलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Published : Monday, 2020 September 7, 6:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया