जबरजस्ती यौनसम्पर्क राखेको अभियोगमा काठमाडौंका प्रहरी पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत प्रहरी जवान उपेन्द्र सिंह युवतीलाई जबरजस्ती यौनसम्पर्क राखेको अभियोगमा पक्राउ परेका छन् ।

पक्राउ परेका सिंह दार्चुला जिल्ला निवासी हुन् । उनले २१ वर्षीया युवतीलाई जबरजस्ती यौनसम्पर्क राखेको आरोप लागेको छ ।

गौशालाका प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र बस्नेत युवतीले दिएको किटानी जाहेरीका आधारमा सिंहलाई पक्राउ गरिएको बताए ।

उजुरीमा युवतीले सिंहले आइतबार वनकालीस्थित घरमै आएर आफूलाई जबरजस्ती यौनसम्पर्क गरेको दाबी गरेकी छिन् ।

जाहेरी दर्ता भएपछि प्रहरीले युवतीको स्वास्थ्य परीक्षण समेत गराएको छ ।

जाहेरी दिने युवती र प्रहरी जवान सिंहबीच पहिलादेखिकै चिनजान भएको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ ।

Published : Monday, 2020 September 7, 3:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया