गुल्मीमा ५५ वर्ष कम उमेरकी बालिका बलात्कार

तम्घास । गुल्मी जिल्लामा आफूभन्दा ५५ वर्ष कम उमेरकी बालिका बलात्कारको अभियोगमा ६१ वर्षीय नारायणप्रसाद श्रेष्ठ पक्राउ परेका छन् ।

६ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाट बजार बस्ने श्रेष्ठलाई शनिबार साँझ पक्राउ गरेको जनाएको छ ।

श्रेष्ठले बालिकालाई भदौ १७ गते ललाई फकाई आफ्नै पसल पछाडि भान्सामा लागेर बलात्कार गरेका थिए ।

बलात्कारको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुर्तिघाटबाट खटिएको प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2020 September 6, 1:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया