हलिउड अभिनेता जोनसनलाई कोरोना

लसएञ्जलस । हलिउड अभिनेता ड्वेन जोनसन ‘द रक’लाई कोरोनाभाइरसको संक्रमण भएको छ ।

उनले आफूसहित परिवारलाई कोरोना भाइरसको संक्रमण भएको बताएका छन् । जोनसन व्यवसायिक रेस्लर पनि हुन् ।

बुधबार इन्स्टाग्राममा ११ मिनेट भन्दा लामो भिडिओ पोस्ट गर्दै उनले संक्रमण भएको जानकारी दिएका हुन् ।

उनले भिडिओमा संक्रमित भएको थाहा पाएपछि आफू स्तब्ध भएको प्रतिक्रिया दिएका छन् ।

अभिनेता जोनसन आफूसहित पत्नी लरेन हाशिआन र दुई छोरीहरू भाइरसबाट संक्रमित भएको बताए । उनका दुई छोरी भने संक्रमणमुक्त भइसकेका छन् ।

जोनसनको परिवार नजिकका पारिवारिक साथीहरूबाट संक्रमित भएका हुन् ।

Published : Saturday, 2020 September 5, 10:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया