अल्का अस्पतालकी महिला कर्मचारीको शव ललितपुरको जंगलमा भेटियो

ललितपुर । ललितपुरको अल्का अस्पतालकी कर्मचारी गीता केसीको शव भेटिएको छ ।

तीन दिनदेखि हराइरहेकी ३९ वर्षीया केसीको शव शुक्रबार भेटिएको प्रहरीले जनाएको छ । उनी भैँसेपाटी बस्दै आएकी थिइन् । केसीको खोजतलासका लागि परिवारले प्रहरीमा निवेदन दिएका थिए ।

ललितपुरको गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा केसीको शव भेटिएको थियो । प्रहरीले गीताको हत्या भएको आशंका गरेको छ ।

हत्याको आशंकामा प्रहरीले केसीको भतिज नाता पर्ने निर्मल केसीलाई पक्राउ गरेको छ ।

पक्राउ परेका र्मिललाई ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखिएको छ ।

प्रारम्भीक अनुसन्धानमा केसीको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ मुख्य सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा महिलाको शव भेटिएको थियो ।

Published : Saturday, 2020 September 5, 3:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया