नायिका रागिनी पक्राउ

मुम्बई । भारतीय प्रहरीले नायिका रागिनी द्विवेदीलाई नियन्त्रणमा लिएको छ ।

कन्नड फिल्म उद्योगसँग जोडिएको लागुऔषधको विषयलाई लिएर प्रहरीले द्विवेदीलाई हिरासतमा लिएको हो । आफ्नै निवासबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मादक पदार्थ ब्युरो (एनसीबी)ले बैङ्लोरबाट तीन जनालाई पक्राउ गरेको थियो । उनीहरूमाथि कन्नड फिल्म उद्योगका गायक र कलाकारलाई मादकपदार्थ आपूर्ति गरेको आरोप लागेको थियो ।

कन्नड फिल्म उद्योगका कम्तीमा १५ जना व्यक्ति मादकपदार्थसँग सम्बन्धित कारोबारमा सामेल भएको बताइएको छ ।

Published : Friday, 2020 September 4, 5:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया