नायिकालाई कोरोना भएकाे तीन हप्तासम्म कसैले पत्तै पाएनन्

मुम्बई । बलिउड नायिका जेनेलिया डिसुजाले आफू तीन हप्ताअघि कोरोनाद्वारा संक्रमित भएको खुलासा गरेकी छिन् ।

संक्रमणपछि आफू आइसोलेशनमा बस्नु परेको पनि उनले बताइन् । यद्यपि, अब उनको रिपोर्ट नेगेटिभ आइसकेको छ । उनले सो कुरा आफ्नो सोसल मिडिया अकाउन्टमा सेयर गरेकी हुन् ।

जेनेलियाले आफ्नो पोस्टमा लेखिन्, ‘नमस्ते, तीन हप्ता अघि ममा कोभिड पोजेटिभ देखिएको थियो । पछिल्लो २१ दिनदेखि म असिम्पोमेटिक (लक्षण नदेखिएको) थिएँ । भगवानको कृपाले आज मेरो कोभिड परीक्षण नेगेटिभ आएको छ । ममाथि चलिरहेको आशीर्वादका कारण यो रोगसँग मेरो लडाईं निकै सजिलो भयो तर मैले यो पनि स्विकार गर्नुपर्ने छ कि आइसोलेशनको यो २१ दिन मेरा लागि सबैभन्दा चुनौतीपूर्ण रह्यो ।’

उनले भनिन्, ‘फेसटाइम र अन्य डिजिटल एपमा बिताएको जति पनि समयले एक्लोपनको त्यो समस्यालाई मार्न सक्दैन । म आफ्नो परिवार र प्रियजन भएठाउँ फिर्ता हुन पाउँदा निकै खुसी छु । आफूलाई प्रेम गर्ने परिवारको नजिक राख्नुहोस् । उनीहरू वास्तविक शक्ति हुन् र सबैलाई आवश्यक भनेको यहि एउटा कुरा हो । चाँडोभन्दा चाँडो परीक्षण गराउनुहोस्, यो राक्षससँग लड्ने एकमात्र तरिका भनेको स्वस्थ हुनु हो । जेनेलियाको प्रेम ।’

Published : Thursday, 2020 September 3, 11:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया