महामारीका बेला कम्युनिस्ट सरकारले पेट्रोलको मूल्य बढायो

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले निषेधाज्ञाका बेला पेट्रोलको मूल्य बढाएको छ ।

नेपाल आयल निगमले मंगलबार मध्य रातिदेखि लागू हुनेगरी पेट्रोको मूल्य प्रतिलिटर २ रुपियाँ बढाएको छ ।

मूल्य बढेपछि काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०७ रुपियाँ हुनेछ ।

डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपीग्यासको मूल्य भने यथावत रहेको निगमले जानकारी दिएको छ ।

नयाँ समायोजन गरिएको मूल्य वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२ रुपियाँ २६ पैसा र डिजेलमा प्रतिलिटर ३६ रुपियाँ ७५ पैसाले नेपालतर्फ सस्तो रहेको निगमले जानकारी दिएको छ ।

Published : Tuesday, 2020 September 1, 8:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया