अक्षय कुमारको ‘बेल बटम’को बेलायतमा सुटिङ

मुम्बई । बलिउड नायिक अक्षय कुमारले आफ्नो नयाँ फिल्म ‘बेल बटम’ को निर्माण सुरू भएको जानकारी दिएका छन् । उनले बिहीबार आफ्नो इन्स्टाग्राममा भिडियो राख्दै यो जानकारी दिएका हुन् ।

‘लाइट्स, क्यामरा, मास्क लगाएर र एक्सन । नयाँ नियमहरूसँगै बेल बटम फिल्मको सुटिङ सुरू भयो । यो मुश्किल समय हो । काम चालु रहनुपर्छ । तपाईंहरूको माया र शुभकामना चाहिन्छ’, उनले भनेका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार फिल्म सुटिङका लागि टोली अहिले बेलायत पुगेको छ र उनीहरू अहिले १४ दिनको क्वारेन्टाइनमा बसेका छन् । फिल्ममा अक्षयबाहेक हुमा कुरेशी, लारा दत्त र वाणी कपूरको पनि अभिनय छ ।

यो फिल्म सत्य घटनाबाट प्रेरित भएको पनि बताइएको छ । ८० दशकको कथामा आधारित बेल बटममा अक्षय जासूसको भूमिकामा देखिने सम्भावना रहेको हिन्दुस्तान टाइम्सले लेखेको छ ।

Published : Saturday, 2020 August 29, 9:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया