नयाँ पेट्रोलियम पाइपलाइनबारे नेपाल–भारतबीच छलफल

काठमाडौं । नेपाल–भारतबीच तेल र ग्यास सहयोग सम्बन्धी संयुक्त कार्य समूहको दोस्रो बैठक बसेको छ ।

भिडियो सम्मेलनमार्फत सम्पन्न भएको बैठकमा भारतका तर्फबाट पट्रोल तथा प्राकृतिक ग्यास मन्त्रालयका सह–सचिव बी एन रेड्डी र नेपालबाट वाणिज्य उद्योग तथा आपूर्ति मन्त्रालयका सह–सचिव प्रेमकुमार श्रेष्ठको ध्यक्षतामा सम्पन्न भएको छ ।

सम्मेलनमा भारतीय राजदूतावासका अधिकारी, भारतीय सार्वजनिक ग्यास र तेल कम्पनी र नेपाल–भारतका वाणिज्य र विदेश मन्त्रालयका अधिकारीको सहभागिता रहेको थियो ।

सन् २०१९ को सेप्टेम्बरमा दुवै देशका प्रधानमन्त्रीहरूले उदघाटन गरेको मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पदार्थ पाइपलाईनको कार्यमा सन्तुष्टि जनाएको छ ।

दक्षिण एसिया क्षेत्रकै पहिलो पेट्रोलियम पाइपलाईनले नेपालको अधिकांश इन्धन आपूर्ति गरिरहेको छ ।

यसले भविष्यमा थप पेट्रोलियम र उर्जाका क्षेत्रमा सहकार्य गर्न प्रोत्साहन गराएको छ ।

नयाँ पेट्रोलियम पाइपलाईनको सम्भावनाका विषयमा पनि नेपाल–भारतबीच कुरा भएको छ ।

नेपाल–भारतबीच इन्धनका क्षेत्रमा थप सहकार्य हुने कुरामा पनि छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।

दुवै पक्षले पेट्रोलियम क्षेत्रको सहकार्यलाई अझैं सुदृढ पार्न आफ्नो आफ्नो क्षेत्रबाट योगदान दिन आग्रह गरिएको छ ।

इण्डियन आयल कर्पाेरेसन र नेपाल आयल कर्पाेरेसनबीच पूरानो सहकार्यलाई थप सुदृढ र बलियो बनाउनका लागि नेपाल–भारत संयुक्त कार्य समूहको सथापना भएको थियो ।

Published : Saturday, 2020 August 22, 8:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया