कोरोना र लकडाउनमा पनि भिडिरहेका गायक पाण्डे

काठमाडौं । गायक भुपु पाण्डेले कोरोना महामारीका बेला पनि आफूलाई गीत संगीतमा सक्रिय बनाइरहेका छन् । पछिल्लो छ महिनाको समयमा उनले ४–५ वटा गीतमा स्वर दिएका छन् । उनका ती गीतहरू युवापुस्तामा चर्चित पनि भएका छन् ।

पाण्डेले आफ्ना कामलाई प्रचार प्रसारमा लैजान धेरै रुचाउँदैनन् । भन्छन्, ‘मैले राम्रो काम गर्ने हो भने दर्शक स्रोतले खोजेर सुन्नु हुन्छ । काम नै राम्रो भएन भने जति नै प्रचार गरे पनि केही हुँदैन ।’

गायक पाण्डेका गीतहरू अलिक भिन्दै प्रकारका हुने गरेका छन् । उनले आफ्नौ मौलिकतालाई बचाइराख्ने प्रयासहरू गरिरहेका छन् ।

यसैबीच, गायक पाण्डेको ‘जन्मे मेरा चारभाइ छोरा’ बोलको गीत रिलिज गरेका छन् । गीतमा पाण्डेकै शब्द, संगीत र स्वर रहेका छन् । बुबाको मुख हेर्ने दिनको अवसरमा पाण्डेले यो गीत रिलिज गरेका हुन् । पप, लोक तथा आधुनिक शैलीमा रहेको यो गीतलाई पाण्डेले युटुबबाट रिलिज गरेका छन् ।

यसअघि पनि गायक पाण्डेले ‘छोटो छ जिन्दगी’ बोलको गीतलाई पुनः भिडियो बनाएका छन् । पहिलाको भिडियोभन्दा अलिक नयाँ तरिकाले भिडियो बनाएको पाण्डेले जनाएका छन् । यो गीतमा गायक पाण्डेलाई गायिका मेलिना मैनालीले साथ दिएकी छिन् ।

‘छोटो छ जिन्दगी’
‘जन्मे मेरा चारभाइ छोरा’
Published : Thursday, 2020 August 20, 9:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया