बाल गायिका प्रमिशाको स्वरमा ‘मेरो बाबा’

काठमाडौं । बाल गायिका प्रमिशा पँगेनीको स्वर रहेको ‘मेरो बाबा’ बोलको गीत रिलिज भएको छ ।

युट्युबमार्फत सोमबार रिलिज भएको गीतमा पदम राजन मगरले संगीत दिएका छन् । शब्द विपिन अधिकारीको रहेको छ ।

गीतको म्युजिक भिडियोमा छोरी र बुबाको मायाप्रेमलाई दर्शसाइएको छ ।

कुशेऔँसी अर्थात बुबाको मुख हेर्ने दिनको अवसर पारेर प्रमिशाको यो गीत रिलिज भएको छ ।

हिन्दूधर्मअनुसार बुधबार छोराछोरीले बुबाको मुख हेरेर पर्व मनाउँदै छन् ।

दश वर्षीया बाल गायक प्रमिशा कक्षा ६ मा ललितपुरकाे हात्तीबनस्थित लिटिल एन्जलमा अध्ययन गर्छिन् । उनी घर कास्कीकाे देउराली निवासी हुन् ।

Published : Tuesday, 2020 August 18, 9:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया