थ्रिडी भर्सनमा कन्काईष्टले ल्याए ‘फिदा छु तिम्रो रुपको’

काठमाडौं । गायक तथा संगीतकार कन्काईष्ट राईको स्वरमा ‘फिदा छु तिम्रो रुपको’ बोलको गीत सार्वजनिक गरिएको छ ।

गीतमा नेपालमै पहिलापटक थ्रिडी प्रविधिको ध्वनी मिश्रण प्रयोग गरिएको छ । अर्जुन पौडेलको शब्द मीन बिष्टको संगीत र कुमार थापा मगरको एरेञ्जमा तयार भएको गीत भर्जिन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको लिरिकल भिडियोलाई थ्रिडी नेपाली म्युजिक ल्याबको फेसबुक पेजमार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा विष्टकै दृश्य तथा परिकल्पना रहेको छ ।

नेपाली गीत संगीतमा थ्रिडी एवम् ध्वनी मिश्रणहरूको प्रयोग नभएका कारण गीतमा पहिलो पटक अडियालाई थ्रिडी मिश्रणहरूको प्रयोग गरिएको छ ।

यस्तो गीतलाई एयरफोनको माध्यमबाट सुन्दा निक्कै आनन्द आउने टिमले बताएको छन् ।

दुई दशकभन्दा अगाडिबाट सांगीतिक क्षेत्रमा सकृय रहेका गाएक तथा संगीतकार कन्काइष्ट राईले तिम्ले माया लाउँदा, मुटुभित्र देउन मलाई बास, अरुकै सिन्दुरले सजिए पनि, काठमाडौंको मायै महँगो लगायत थुप्रै चर्चित गीतहरू बजारमा ल्याएका छन् ।

उनले काठमाडौंको नक्सालस्थित भर्जिन रेकर्डिङ स्टुडियो सञ्चालनमा छ ।

सार्वजनिक यस गीतको पनि चाडै भिडियो निर्माण गरिनेछ । गीतले पनि दर्शक श्रोताको मन जित्ने राईको विश्वास छ ।

Published : Sunday, 2020 August 16, 9:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया