गायक मौसमको स्वरमा अंग्रेजी भाषाको ‘नीड यू’ रिलिज

नर्वे । गायक मौसम नेपाल ‘जुरासिक’ले मायाप्रेमका भाव समेटिएको ‘नीड डू’ बोलको गीत रिलिज गरेका छन् ।

अंग्रेजी भाषाको ‘नीड यू’मा मौसमकै संगीत र शब्द रहेको छ । गीतमा मायाप्रेम र धोकालाई समेटिएको छ ।

गीत–संगीतमा पछिल्लो समय राम्रो काम गर्दै आएका मौसम हाल नर्वेमा बस्छन् । उनी संगीतका विषयमा पनि अध्ययन गरेका छन् ।

काठमाडौं निवासी मौसमका बुबा–आमा स्वयम् पनि गायक गायिका हुन् । गायनमा उनलाई बुबा मोहन नेपाल र आमा रोशनी धौवञ्जारले साथ दिँदै आएका छन् ।

गायक मौसमले बुबा–आमाको साथ र सहयोगमा आफूले गायनमा राम्रो गर्ने प्रयास गरिरहेको बताएका छन् ।

यसअघि पनि गायक मौसमले आफ्ना गीतहरू रिलिज गरिसकेका छन् । नेपाली, अंग्रेजी र नर्वेजियन भाषामा दख्ल राख्ने गायक मौसमले ती भाषाहरूमा गीत ल्याइसकेका छन् ।

Published : Wednesday, 2020 August 12, 4:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया