गायक मौसमको स्वरमा अंग्रेजी भाषाको ‘नीड यू’ रिलिज
नर्वे । गायक मौसम नेपाल ‘जुरासिक’ले मायाप्रेमका भाव समेटिएको ‘नीड डू’ बोलको गीत रिलिज गरेका छन् ।
अंग्रेजी भाषाको ‘नीड यू’मा मौसमकै संगीत र शब्द रहेको छ । गीतमा मायाप्रेम र धोकालाई समेटिएको छ ।
गीत–संगीतमा पछिल्लो समय राम्रो काम गर्दै आएका मौसम हाल नर्वेमा बस्छन् । उनी संगीतका विषयमा पनि अध्ययन गरेका छन् ।
काठमाडौं निवासी मौसमका बुबा–आमा स्वयम् पनि गायक गायिका हुन् । गायनमा उनलाई बुबा मोहन नेपाल र आमा रोशनी धौवञ्जारले साथ दिँदै आएका छन् ।
गायक मौसमले बुबा–आमाको साथ र सहयोगमा आफूले गायनमा राम्रो गर्ने प्रयास गरिरहेको बताएका छन् ।
यसअघि पनि गायक मौसमले आफ्ना गीतहरू रिलिज गरिसकेका छन् । नेपाली, अंग्रेजी र नर्वेजियन भाषामा दख्ल राख्ने गायक मौसमले ती भाषाहरूमा गीत ल्याइसकेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया