पैसाले भरिएकाे झाेला बाेकेर काठमाडाैं हिडेका हाकिम पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकमसहित ईञ्जिनियर सन्तोष साहलाई पक्राउ गरेको छ ।

नेपाल खानेपानी संस्थान बुटवल, रूपन्देहीका कार्यालयका प्रमुख (सातौ तह) इन्जिनियर साहलाई अख्तियारको टोलीले बुधबार घुसको रकम र स्रोत नखुलेको करीव साढे दश लाख रकमसहित पक्राउ गरिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् ।

खानेपानी शाखा कार्यालयहरूको विभिन्न व्यक्तिहरूसंग घुसको रकम उठाई काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले इन्जिनियर साहलाई पक्राउ गरेको थियो ।

संस्थानको लु १ ञ ९५ नं. को गाडीमा बुटवलबाट काठमाडौं आउँदै गर्दा जिल्ला धादिङ धुनिवेसी नगरपालिका वडा नं. ८ खानीखोलामा गाडी चेकजाँच गर्ने क्रममा साहसँग रहेको श्रोत नखुलेको नगद रकम दुई लाख तेत्तीस हजार पाँच सय र बैंकमा जम्मा गरेको बैंक भौचर आठ लाख बाइस हजार बराबरको रकमसहित नियन्त्रणमा लिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2020 August 10, 9:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया