प्रदेश २ मा बदमासी गर्दा सहायक निरीक्षकनै निलम्बित

काठमाडौं । २ नं. प्रदेश प्रहरीले आफ्ना प्रहरी सहायक निरीक्षक सुरेश सहनी निलम्बन गरेको छ ।

२ नं. प्रदेश सशस्त्र प्रहरी गण गुल्म नं. ३ जनकपुर दरबन्दी भई प्रहरी चौकी मोहनपुर सर्लाहीमा कार्यरत प्रहरी सहायक निरीक्षक सहनीलाई निलम्बन गरिएको प्रहरी नायब उपरीक्षक अंशुकुमार सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सहायक निरीक्षक सहनीको व्यक्तिगत आचारण तथा व्यवहार प्रहरीको व्यवसायिक नीतिविरुद्ध भएको यथेष्ट प्रमाण भएको भन्दै प्रहरीको विज्ञप्तिमा भनिएको छ, ‘सहनीलाई निलम्बन नगरी ओहदाको काम गर्न दिँदा झुठ्ठा प्रमाण संकलन गर्न सक्ने, आफूविरुद्धको सबुद प्रमाणहरू नष्ट गर्न सक्ने समवना देखिएकोले थप अनुसन्धान गर्नको निमित्त निलम्बन गरिएको छ ।

२ नं. प्रदेश प्रहरीको कमाण्ड सम्हालेपछि डीआईजी धिरजप्रताप सिंहले आफूलाई प्रहरी आचरण र शान्ति सुरक्षाका विषयमा कठोर बनाएका छन् ।

उनले प्रहरी संगठनभित्र सुधारका साथै गलत काम गर्नेलाई छाड्नु हुँदैन भन्ने सन्देश सहायक निरीक्षक सहनीलाई निलम्बन गरेर त्यो संकेत गरेका छन् ।

Published : Friday, 2020 August 7, 11:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया