काठमाडाैंमा शम्भ थापासहित दश जना जुवाडे अड्डाबाट पक्राउ

काठमाडौं । कठमाडौंको कपुरधारामा प्रहरीले छापाहानेर शम्भु थापासहितका जुवाडेहरूलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२६ कपुरधारा मोहन गल्लीस्थित शम्भु थापाको घरमा बुधबार तास खेलिरहेको अवस्थामा प्रहरीले छापा हानेको हो ।

थापा र सोही ठाउँ बस्ने गोरखा स्थायी घर भएका ४२ वर्षीय तोपबहादुर गुरुङ समेत १० जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेका प्रमुख एवम् डीएसपी दीपक खड्काले जानकारी दिए ।

डीएसपी खड्काले जुवाको खालबाट नगद १ लाख ८५ हजार ९ सय ४० रुपियाँ र ६ बुक ताससहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जानकारी दिएका छन् ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published : Thursday, 2020 August 6, 1:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया