काठमाडौंमा कौडा–तास खेल्ने–खेलाउनेहरू पक्राउ

काठमाडौं । काठमाडौंमा प्रहरीले नगदसहित चार जनालाई कौडा–तास खेल्ने र खेलाउनेहरू पक्राउ परेका छन् ।

टोखा नगरपालिका–६ बस्ने धर्म श्रेष्ठको घरमा तास–कौडा खेलिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका–६ बस्ने धनुषा बट्टेश्वर गाउँपालिका–३ घर भएका ३२ वर्षीय पुरन श्रेष्ठ समेत ४ जनालाई नगद १ लाख ८ हजार ५ सय ५० रुपियाँ र १६ वटा कौडासहित आइतबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई कौडा खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

Published : Monday, 2020 August 3, 4:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया