मुस्ताङमा बाह्रबोर बन्दुकसहित लामा पक्राउ

जोमसोम । मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका–३ जोमसोमबाट १ नाल बाह्रबोर बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

काभ्रेन्ड रेस्ट्रो एण्ड बार कफी सपका सञ्चालक काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका–७ घर भएका २६ वर्षीय सुरेश लामालाई आइतबार दिउँसो पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लामाले कोठामा अवैध हतियार लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त हतियारसहित फेला पारी लामालाई पक्राउ गरेको विज्ञप्तिा जनाइएको छ ।

Published : Monday, 2020 August 3, 4:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया