चक्रपथमा जुवाकाे खालमा प्रहरी छापा, १२ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका ३ चक्रपथ नारायण गोपालचोकस्थित नारायण पौडेलको घरमा तास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका ४ घर भई हाल भक्तपुर बस्ने ४० वर्षीय यामबहादुर श्रेष्ठ लगायत १२ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरीले उनीहरूसँग नगद ३ लाख ८ हजार ५ सय रुपियाँ र ६ बुक तास बरामद गरेकाे जनाएकाे छ । उनीहरूलाई शनिबार दिउँसो पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

Published : Sunday, 2020 August 2, 12:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया