कोरोना महामारीका बेला कम्युनिस्ट सरकारले बढायो तेलको मूल्य
काठमाडौं । झण्डै दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
शनिबार मध्यराति १२ बजेबाट लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई–दुई रुपियाँले मूल्य वृद्धि गरिएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिएका छन् ।
नयाँ मूल्यवृद्धिपछि डिजेल र मट्टीतेल र पेट्रोलको काठमाडौं उपत्यकामा प्रतिलिटर मूल्य क्रमशः ९० र १ सय ४ रुपियाँ भएको छ ।
खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य वृद्धि भएको छैन ।
कोरोना भाइरसका कारण जनताले समस्या भोगिरहेका बेला कम्युनिस्ट सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
Published : Saturday, 2020 August 1, 8:51 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया