कोरोना महामारीका बेला कम्युनिस्ट सरकारले बढायो तेलको मूल्य

काठमाडौं । झण्डै दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

शनिबार मध्यराति १२ बजेबाट लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई–दुई रुपियाँले मूल्य वृद्धि गरिएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिएका छन् ।

नयाँ मूल्यवृद्धिपछि डिजेल र मट्टीतेल र पेट्रोलको काठमाडौं उपत्यकामा प्रतिलिटर मूल्य क्रमशः ९० र १ सय ४ रुपियाँ भएको छ ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य वृद्धि भएको छैन ।

कोरोना भाइरसका कारण जनताले समस्या भोगिरहेका बेला कम्युनिस्ट सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

Published : Saturday, 2020 August 1, 8:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया