कोरोनाका बेला १९ लाख बरामद

जनकपुरधाम । महोत्तरीमा प्रहरीले स्रोत नखुलेको १९ लाख ५० हजार रुपियाँ बरामद गरेको छ । रकमसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार जलेश्वर नगरपालिका २ जिरोमाइलबाट मोटसाइकलमा सवार उनीहरूलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा प्रदेश २–०२–००१ प ०४८८ नम्बरको मोटरसाइकलमा सवार महोत्तरीकै लोहापट्टी नगरपालिका १ बगडा बस्ने २४ वर्षीय रविन यादव र सोही ठाउँका २८ वर्षीय राम ईश्वर यादव छन् ।

प्रहरी टोलीले चेकजाँच गर्दा मोटरसाइकल चालक रविनको साथबाट रू. १००० को १६ सय ७५ वटा नोट र रू. ५०० को ५५० वटा नोट गरी रू.१९ लाख ५० हजार बरामद भएको विष्टले बताए ।

Published : Friday, 2020 July 31, 8:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया