दुर्गेशको दुरदशा, हर्कतले जनता दिक्क
काठमाडौं । दुर्गेश थापा विवादमा परिरहने गायकमध्येका पर्छन् । तीज गीतको मौलिकता बिगारेको भनेर गतसाल थापाको आलोचना भएको थियो । उनको गीत चल्यो । मन पराइदिए । तर, उनको गीत मौलिक संस्कृतिको थिएन । उनको यस्तै हर्कतले विवादमा परिरहन्छन् ।
यस पटक उनले ‘बेसार’ गीत ल्याएका छन् । ‘बीच्च बीच्च’मा शृंखलाको तेस्रो गीतका रुपमा थापाले युट्युबमा सार्वजनिक गरेका थिए । उनको गीत यस पटक पनि विवादमा परेको छ । आलोचकहरूले थापाले मौलिक संस्कृतिलाई बिगार्ने गरेको आरोप लगाएका छन् ।
गीतमा बसन्त थापाको शब्द र संगीत रहेको छ । यो गीतमा पछिल्लो समय चर्चामा आएको ‘बेसार’ शब्दलाई केन्द्रमा राखिएको छ । गीतको भिडिओमा दुर्गेश थापासँगै चिरञ्जीवी सापकोटा, काजिस श्रेष्ठ, जीवन सहानी क्षेत्री, लोमस शर्मा, सन्तोष बानियाँ र प्रेम खड्काहरू रहेका छन् । उनीहरूले साडी र ब्लाउज लगाएका छन् । उनीहरूको यो पहिरनको विरोध भएको छ ।
हिन्दू अभियानमा लागेकाहरूले तीज गीतको बहानामा संस्कृतिलाई बिगारेको भनेर थापालाई कारबाहीको माग गरेका छन् । थापाका यस्ता हर्कतहरू युट्युबमा रुचाइए पनि तीज संस्कृतिलाई बिगारेको भनेर आलोचना भएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया