काठमाडौंमा लुडो र जुवातास खेल्नेहरू पक्राउ

काठमाडौं । काठमाडौंको नयाँबस्तीमा जुवातास खेल्ने ८ जना पक्राउ परेका छन् ।

गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बस्ने ३५ वर्षीय शारदा श्रेष्ठको घरमा जुवातास खेलिरहेका ८ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूसँग प्रहरीले ६ बुक तास र नगद १ लाख १९ हजार ४ सय रुपियाँसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उक्त घरमा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रही वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

यसैगरी काठमाडौं महानगरपालिका–१४ सुनारगाँउस्थित राजकुमार कार्कीको घरमा रकम हारजित हुने गरी लुडो खेलिरहेको अवस्थामा लुडो खेल्ने र खेलाउने समेत गरी ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूसँग १ थान बोर्ड र नगद ८७ हजार ५० रुपियाँसहित शनिबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published : Sunday, 2020 July 26, 10:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया