ओखलढुंगाकी युवतीमाथि काठमाडौंमा आक्रमण

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारको शासन व्यवस्था रहेका बेला काठमाडौंमा एक जना युवतीमाथि एसिड प्रहार भएको छ ।

ओखलढुंगा जिल्लाको चम्पादेवी घर भइ काठमाडौंमा बस्दै आएकी २२ वर्षीया पवित्रा कार्कीमाथि बिहीबार एसिड प्रहार भएको हो ।

दही किन्न भनेर निस्किएकी कार्कीमाथि एसिड प्रहार भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

एसिड प्रहार भएपछि कार्कीलाई कीर्तिपुरस्थित अस्पतालमा भर्ना गरिएको छ ।

एसिड प्रहार गर्ने व्यक्ति फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Published : Thursday, 2020 July 23, 11:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया