प्रहरी जवानकाे ज्यान लिनेहरूकाे तीन हप्तामै पर्दाफास, ‘जयकेश’, ‘मंगला’ र ‘बुलना’का दशा बिग्रिए

जनकपुरधाम । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको हत्यामा संलग्न ३ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिरहा नगरपालिका–३ मखनाहा टोल बस्ने २५ वर्षीय जयकेशकुमार यादव, ‘मंगला’ भन्ने २० वर्षीय दीपेशकुमार यादव र ‘बुलना’ भन्ने २२ वर्षीय मुकेशकुमार यादव रहेको २ नं. प्रदेश प्रहरी मुख्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

असार १६ गते सिरहा नगरपालिका–१४ खिरौनास्थित नहरको पानीमा महोत्तरी सोनमा गाउँपालिका–३ घर भई सिरहा नगरपालिका–१७ स्थित उक्त आउट पोष्टमा कार्यरत सशस्त्र प्रहरी जवान यादव मृत फेला परेका थिए ।

घटना अनुसन्धानको क्रममा उनीहरूले सोही दिन दिउँसो सिरहा नगरपालिका–३ स्थित विवाहमा भएको सामान्य विवादमा यादवलाई चोर, चोर भनि करीब ३ किलोमिटरसम्म लखेटेर नहरमा डुबाई कर्तव्य गरी हत्या गरेको खुल्न आएपछि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रदेश प्रहरी प्रमुख एवम् डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

उनीहरूउपर थप अनुसन्धन भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

Published : Thursday, 2020 July 23, 5:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया