काठमाडौंका जग्गा व्यापारी केटीसँग होटेलमा भेटिए

काठमाडौं । काठमाडौंमा अपहरणमा परेको भनेर एक व्यक्ति महिलासँग होटेलमा भेटिएका छन् ।

काठमाडौं महानगरपालिका वडा नं. ४, चुनदेवी बस्ने ३० वर्षीय शक्तिराज रेग्मीलाई प्रहरीले गंगबुमा रहेको गेष्ट हाउसबाट नियन्त्रणमा लिएको हो ।

रेग्मी असार २४ गतेदेखि हराएकोमा अपहरण परेको हुन सक्ने भन्ने व्यहोराको निवेदन प्रहरीमा साउन २ गते महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरमा निवेदन परेको थियो ।

प्रहरीद्वारा खोजतलास गर्ने क्रममा रेग्मीलाई साउन ६ गते राति गेष्ट हाउसबाट महिलासहित फेला परेको विज्ञप्तिमा उल्लेख छ ।

‘असार २४ गते बिहान ६ बजे शक्तिराज रेग्मी घरबाट निस्की सम्पर्क बिहीन भई अपहरणको नाटक गरी नयाँ बसपार्कस्थित सुगन्ध होटलमा केटीसँग बसेको अवस्थामा फेला परेको’, अपराध महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रेग्मीलाई पक्राउ पर्ने बित्तिक्कै मौखिक रुपमा बुझ्दा निजले बिभिन्न व्यक्तिहरूसँग जग्गा ब्यवसाय गर्छु भनि करोडौँ रुपियाँ लिएको भन्ने बुझिन आएको तथा पैसा तिर्नु नपरोस् भनि अपहरणको नाटक गरेको बुझिएको हुँदा निज अपहरणमा नपरेको तथा प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोत साधनहरूको समेत दुरूपयोग भएकोले आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालयमा पठाइएको छ ।’

Published : Wednesday, 2020 July 22, 5:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया