ओलखढुंगामा महिला बलात्कार गर्ने साह पक्राउ

ओखलढुंगा । ओखलढुंगा जिल्लाको हर्कपुरका एक जना बलात्कार अभियोगमा पक्राउ परेका छन् ।

मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुर बस्ने सिरहा लाहान नगरपालिका–७ घर भएका २६ वर्षीय ‘चुने’ भन्ने राम साहलाई २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

साहले ती महिलालाई मानेभञ्ज्याङ गाउँपालिका–६ स्थित सञ्जु होटलको कोठामा शनिबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published : Tuesday, 2020 July 21, 10:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया