बैंकिङ कसुरमा फरार भक्तपुरका प्रधानाङ्ग पक्राउ

भक्तपुर । भक्तपुर जिल्लामा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् ।

भक्तपुर नगरपालिका–५ घर भई हाल सूर्यबिनायक नगरपालिका–५ सल्लाघारी बस्ने ५८ वर्षीय मधुराम प्रधानाङ्गलाई सोमबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

जिल्ला अदालत भक्तपुरको २०७६ माघ २७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद र ६ लाख ९६ हजार १ सय रुपियाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रधानाङ्गलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको उक्त परिसरले जनाएको छ ।

Published : Tuesday, 2020 July 21, 10:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया