पर्सा प्रहरीद्वारा साढे चार करोडको सामान बरामद, हुण्डी कारोबारी पक्राउ

कृष्णा यादव

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले छ महिनामा झण्डै चार करोड बराबरको तस्करीको सामान बरामद गरेको छ ।

पर्सामा एसपी गंगा पन्तले जिम्मेवारी सम्हालेसँगै छ महिनामा ठूलो परिणाममा तस्करीका सामानहरू बरामद गरिएको हो । लत्ताकपडा, सर्टिङ–सुटिङ, हार्डवेयर, मरिच, मटर, छोहडा लगायतको अवैध सामानहरू बरामद गरिएको छ ।

भारतबाट भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको ४ करोड ६८ लाख ८८ हजार ८ सय ९४ रुपियाँ बराबरको सामान बरामद गरेर पर्सा प्रहरीले भन्सारमा बुझाएको छ ।

छ महिनामा पर्सा प्रहरीले ८२ लाख १४ हजार, ८ सय ६५ रुपियाँ बरामद गरेको छ । हुण्डीका १७ जना कारोबारीलाई नगदसहित पक्राउ गरिएको एसपी पन्तले बताएकी छिन् ।

पर्सा प्रहरीले ३ करोड २ लाख ५९ हजार ३ सय ३२ रुपियाँ बराबरको तस्करीको सामानसहित ३५ जना तस्करहरूलाई नियन्त्रणमा लिएर कारवाही गरेको एसपी पन्तले बताइन् ।

जिल्ला अदालत पर्साबाट सजाए तोकेका र बिभिन्न मुद्धामा फरार रहेका ५३ जनालाई प्रहरीले पक्राउ गरि ५ लाख ७३ हजार ७ सय २७ रुपियाँ जरिवाना असुली गरेको छ ।

पर्सा प्रहरीमा १०८१ मुद्धा दर्ता भएका छन् । अहिले सम्म ७८४ मुद्धा फर्छ्यौट भएको छ ।

Published : Monday, 2020 July 20, 11:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया