काठमाडौंमा जुवातास खेल्नेहरू पक्राउ

काठमाडौं । काठमाडौंमा प्रहरीले जुवातास खेलेको अभियोगमा छ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले जुवातास खेल्ने ६ जनालाई नियन्त्रणमा लिएको विज्ञप्तिमामार्फत जनाएको छ ।

प्रहरीले शनिबार अपरान्ह पाँच बजे बाफलको गाइबाच्छास्थित एक घरमा छापा हानेको थियो ।

जुवातास खेलिरहेको अबस्थामा पंकज जोशीसहित ६ जनालाई नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूको साथबाट प्रहरीले नगद ६२ हजार ३ सय रूपियाँसहित नियन्त्रणमा लिएको छ ।

Published : Sunday, 2020 July 19, 6:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया