पर्वतमा पत्नी र छोराले उत्पात मच्चाउँदा पति घाइते

पर्वत । पवर्त जिल्लामा विष्णु सुनारलाई उनकै श्रीमती र छोराले बञ्चरोले हानेर गम्भीर घाइते बनाएका छन् ।

कुस्मा नगरपालिका– ९, कटुवाचौपारीको मलामीडाँडास्थित पानी ट्याङ्की नजिकै सुनारलाई उनकी श्रीमती बिजुला सुनार र छोरा सचिन सुनारले शनिबार राति बञ्चरोले हानेका थिए ।

घरायसी विवादमा विष्णु सुनारलाई श्रीमती र छोराले सांघातिक आक्रमण गरेको स्थानीयले बताएका छन् ।

घटनामा विष्णु सुनारकी श्रीमती र छोरा सचिन सुनार सामान्य घाइते भएका छन् ।

घटनामा संलग्न तीनै जना घाइतेलाई एउटै एम्बुलेन्समा राखेर पर्वत अस्पतालमा लगिएको कटुवाचौपारीका वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले जानकारी दिएका छन् ।

घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले बताएका छन् ।

Published : Sunday, 2020 July 19, 10:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया