‘म पागल’मा मरिश्का र शिशिरको जोडी

काठमाडौं । गायक राज लिम्बुको स्वरमा ‘म पालग’ बोलको गीत रिलिज भएको छ ।

गायक लिम्बुकै शब्द र संगीत रहेको ‘म पागल’को म्युजिक भिडियोको निर्देशन क्रान्ति केसीले गरेका छन् । यो गीत शुक्रबार युट्युबबाट रिलिज गरिएको छ ।

म्युजिक भिडियोमा शिशिर श्रेष्ठ र मरिश्का पोखरेलले अभिनय गरेका छन् । शिशिर र मरिश्का म्युजिक भिडियो र नेपाली फिल्ममा आफ्नै छाप छाड्न सफल कलाकार हुन् ।

म्युजिक भिडियोलाई सम्पादन अमृत चापागाइँले गरेका हुन् । आधुनिक तथा वियोगान्त शैलीको यो गीतलाई साधारण रुपमा प्रस्तुत गरिएको छ ।

Published : Friday, 2020 July 17, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया