कांग्रेसले जितेको जलजलामा ८४ प्रतिशत वित्तीय प्रगति हासिल

मालाखेत । पर्वत जिल्लाको जलजला गाँउपालिकाले गत आर्थिक वर्ष २०७६–७७ मा ८४ दशमलब २९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले गाउँपालिकाले गत ३ महिनाको लकडाउनका बाबजुद पनि गत आर्थिक वर्षमा झण्डै ८५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको बताए ।

गाउँपालिकाले चालुतर्फ ४ करोड ५९ लाख ९२ हजार ९ सय ५८ रुपियाँ खर्च भएको ाछ । यो खर्च कुल विनियोजन भएको रकमको ८५.५६ प्रतिशत हो ।

जलजला गाउँपालिकाले गत आर्थिक वर्षमा पुँजीगततर्फ कुल ११ करोड ३४ लाख २९ हजार ४ सय २२ रुपिया खर्च गरेको शर्माले जनाएका छन् । सो रकम कुल विनियोजित रकमको ८४.२९ प्रतिशत हो ।

गाउँपालिकाले सामाजिक सुरक्षातर्फ ६ करोड ४९ लाख ६ हजार ६ सय रुपियाँ खर्च गरेको छ ।

गाउँपालिकाले शसर्त अनुदानतर्फ १८ करोड ६५ लाख १३ हजार ५ सय २९ रुपियाँ खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिएका छन् । गाउँपालिकामा पुर्वाधारतर्फ २३६ योजनाहरू सम्पन्न भएका छन् ।

शसर्तका कार्यक्रमअन्तर्गत शिक्षातर्फ २ वटा र स्वास्थयतर्फ ४ वटा योजना पुर्वाधारतर्फ सम्पन्न भएको प्रशासकीय अधिकृत शर्माले जानकारी दिए ।

प्रदेश सरकारमार्फत गाँउपालिकाबाट कार्यान्वयन हुने गरी प्राप्त ६ वटा योजनाहरू सम्पन्न भएका छन् । स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमतर्फ ३ वटा योजना सम्पन्न भएका छन् ।

अन्य निकायबाट प्राप्त ४ वटा आयोजना कार्यान्वय भएको शर्मा जानकारी दिए । कतिपय आयोजनाहरूको कार्यान्वयन वर्षात शुरु नहुँदै सक्ने गरी योजना बनाई कार्यान्वयन गरिए पनि सरकारले घोषणा गरेको लडकडाउनका कारण प्रभावित भएका थिए ।

आयोजनहरूको सञ्चालनमा पारदर्शीता र जवाफदेहितालाई अनुसरण गर्दै समावेशी विकास सिद्धान्तलाई अबलम्बन गरिएको प्रशासकीय अधिकृत शर्माले बताए ।

जलजला गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ । गाउँपालिकाको प्रमुखमा पर्वत कांग्रेसका युवा नेता यामबहादुर मल्ल ‘रामकृष्ण’ निर्वाचित भएका छन् ।

Published : Friday, 2020 July 17, 7:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया