नेपालको पहिलो सोसल मिडिया एप सगुनसँग प्रभुकाे सहकार्य

काठमाडौं । नेपालको पहिलो सोसल मिडिया एप , सगुनले प्रभु म्यानेजमेन्टसँग सहकार्य सुरु गरेको छ।

कम्पनीका अनुसार सामाजिक सञ्जाललाई केवल मनोरञ्जनका लागि मात्रैभन्दा पनि प्रयोगकर्तालाई ज्ञान र आम्दानीका साथै अनेकौं दैनिक कार्यहरूलाई सजिलो बनाउने सुविधा उपलब्ध गराउन उक्त साझेदारी गरिएको हो ।

अहिले प्रयोगकर्ताहरूले सगुन मार्फत एनसेल, स्मार्ट सेल र एनटीसीको रिचार्ज कार्ड सित्तैमा प्रयोग सक्छन् ।

आगामी दिनमा सगुनका प्रयोगकर्ताहरूले बिजुली, पानी, इन्टरनेट, टिभीको बिल तिर्न सक्ने, पैसा पठाउने/ पाउने, बैंकमा बुझाउने लगायतका प्रभु म्यानेजमेन्टका सेवा तथा सुविधाहरूको लाभ पनि उठाउन सक्नेछन् ।

सगुन नेपालका राष्ट्रिय व्यवस्थापक आनन्द बज्राचार्यले भने, “म प्रभु म्यानेजमेन्टमा बिजनेस डेभलपमेन्ट म्यानेजरको रुपमा २ वर्ष कार्यरत थिएँ र नेपालीहरूलाई वर्षौंदेखि दिइरहेको सेवासुविधा तथा ग्राहकहरूप्रति प्रभु म्यानेजमेन्टको प्रतिबद्धताबारे राम्रोसँग परिचित छु । यस सहकार्यमार्फत हाम्रा प्रयोगकर्ताहरूले अनेकौं सुविधाका साथै सामाजिक सञ्जाल प्रयोगमा नयाँपन र व्यापार–व्यवसायहरूले आफ्नो सेवा ठूलो संख्यामा प्रयोगकर्ताका बीचमा पुर्याउन सजिलो हुने कुरामा विस्वस्त छु ।“

“जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ प्रभु” भन्ने मूल नाराका साथ निरन्तर सेवामा समर्पित प्रभु समूहले विभिन्न संघसंस्थासंग सहकार्य गर्दै सेवा पुराउँदै आईरहेको छ । प्रभुले सगुनसँग सहकार्य गरि सोशल मिडिया क्षेत्रमा पनि नेपालीहरुलाई सेवा दिन लागेको हो’,  प्रभु म्यानेजमेन्टकी कार्यकारी अध्यक्ष कुसुम लामाले भनिन्, “हामी सगुनसँग साझेदारी गर्न पाएकोमा खुसी छौं। सगुन नेपाली डाएस्पोराले स्थापना गरेको सोशल मिडिया एप भएकोमा हामीलाई गर्व छ र प्रभु समूहको रूपमा सगुनको वृद्धिका लागि हाम्रो पूर्ण समर्थन रहने छ । यस ऐतिहासिक यात्राको लागि म सगुन टीमलाई शुभकामना दिन चाहन्छु ।“

सगुन अमेरिका, नेपाल र भारतमा दर्ता भइ संचालनमा आइरहेको छ । हालसम्म ५७ लाख प्रयोगकर्ताले सगुन चलाइ रहेका छन् । कम्पनीका अनुसार प्रभु म्यानेजमेन्टसंगको सहकार्य पछि नेपाल र भारतका सगुन प्रयोगकर्ताहरूले मात्र ४ करोड स्मार्ट कोइन बराबरको शपिंग गरिसकेका छन् । अहिले सम्म जम्मा २ अर्ब सगुन स्मार्ट कोइन वितरण भईसकेको सगुनले जनाएको छ ।

Published : Friday, 2020 July 17, 8:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया