‘आधा माया’को म्युजिक भिडियो रिलिज

काठमाडौं । गायक बिक्रम परियार र सुनिता बुढा क्षेत्रीको स्वरमा ‘आधा माया’को म्युजिक भिडियो रिलिज भएको छ ।

परियार लोक तथा दोहोरी गीतमा राम्रो छाप राख्न सफल भएका गायक हुन् । उनका थुप्रै गीतहरू रुचाइएका छन् ।

लोकलयमा रहेको ‘आधा माया’को शब्द प्रल्हाद सुवेदीले लेखेका छन् । संगीत बसन्त थापाको रहेको छ । संगीतकार थापा लोक तथा दोहोरी गीतको क्षेत्रमा चलेको नाम हो ।

म्युजिक भिडियोमा दिलीप रायमाझी र ऐश्वर्या सुनुवारको अभिनय रहेको छ ।

सुनिल क्षेत्रीको निर्देशन र कोरियोग्राफी रहेको छ । निर्देशक क्षेत्री पछिल्लो समय म्युजिक भिडियोहरूमा एकछत्र छाएका छन् ।

‘आधा माया’को म्युजिक भिडियोको सम्पादन अमृत चापागाइँले गरेका छन् ।

Published : Thursday, 2020 July 16, 7:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया