चितवनकी महिला बलात्कार गरेको अभियोगमा एसएसपी पक्राउ

पोखरा । लठ्याउने औषधि खुवाएर महिलालाई बलात्कार गरेको अभियोगमा सशस्त्र प्रहरी बल नेपालका एसएसपी राजेन्द्र अधिकारी पक्राउ परेका छन् ।

हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठले अधिकारीलाई पक्राउ गरेको बताएका छन् ।

एसएसपी अधिकारीले चितवनको भरतपुर बस्ने एक महिलालाई आफ्नै कार्यालयमा बोलाएर बलात्कार गरेको आरोप लागेको छ ।

एसएसपी अधिकारीले ती महिलालाई लठ्याउने औषधि खुवाएर बलात्कार गरेको आरोप लागेको प्रहरी स्रोतले जनाएको छ ।

महिलाले आफूलाई बलात्कार गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

Published : Wednesday, 2020 July 15, 11:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया