सुन तस्करका ‘डन’ पक्राउ, हाइप्रोफाइल व्यापारी र भीभीआईपीहरूलाई तनाब

काठमाडौं । नेपाल प्रहरीले ३३ किलो सुन तस्करी काण्डका मुख्य नाइके ‘गोरे’ भन्ने चुडामणि उप्रेतीका सहयोगी हरिशरण खड्कालाई पक्राउ गरेको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४ घर भएका ४२ वर्षीय खड्कालाई शनिबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिवादी ‘गोरे’समेत भएको अपराधिक समूह स्थापना र सञ्जाल गरी सुन अवैध चोरी निकासी, अपहरण र शरीर बन्धक तथा कर्तब्य ज्यान मुद्दामा संलग्न भई फरार प्रतिवादीहरूमध्येका खड्का दुबईबाट हिमालयन एयरलाईन्सको फ्लाईटमा नेपाल आउँदै छन् भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

तत्काल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरी टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला अदालत मोरङबाट समेत वारेन्ट जारी भएका खड्कालाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा २०७५ साउन ९ गते ईन्टरपोलबाट रेड नोटिस जारी गरिएको थियो ।

खड्कालाई आवश्यक कारबाहीका लागि आइतबार जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको उक्त शाखाले जनाएको छ ।

३३ किलो सुन काण्डका नाइके ‘गोरे’का मुख्य सहयोग पक्राउ परेपछि हाइप्रोफाइलका सुन तस्करहरूलाई तनाब भएको छ ।

Published : Sunday, 2020 July 12, 9:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया