प्रदेश २ प्रहरीद्वारा रौतहटमा दश लाख बरामद

चन्द्रनिगाहपुर । रौतहट जिल्लाको गौर नगरपालिका–२, महादेवपट्टीबाट प्रहरीले दश लाख नेपाली रुपियाँ बरामद गरेको छ ।

चेकजाँच गर्ने क्रममा प्रहरीले स्रोत नखुलेको नेपाली नगद १० लाख रूपियाँसहित सोही स्थान बस्ने २३ वर्षीय अभिनास जैसवाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहट र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० यू २५३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलका चालक जैसवाललाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2020 July 2, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया