कम्युनिस्ट सरकारले बढायो पेट्रोलियम पदार्थमा मूल्य

काठमाडौं । लकडाउनका बेला कम्युनिस्ट सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

मंगलबार रातिदेखि लागू हुने गरी खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको हो ।

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपियाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपियाँ मूल्य बढाएको छ ।

काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १०१ रुपियाँ र डिजेलको ८७ रुपियाँ पुगेको छ ।

भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपियाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपियाँ, हवाई इन्धनमा प्रतिलिटर ६.०६ रुपियाँ मूल्य बढाएर सूची पठाएपछि मूलय बढाइएको निगमले जनाएको छ ।

एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जानकारी दिएको छ ।

चैत २० गते पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटर १० रुपियाँ घटाएको निगम मूल्य समायोजन गरेको थिएन ।

जेठको दोस्रो हप्ता पेट्रोल बिक्रीमा प्रतिलिटर २२ रुपियाँ ४५ पैसा डिजेलमा पनि प्रतिलिटर २५ रुपियाँ ६९ पैसा र मटितेल ५५ रुपियाँ ३५ पैसा नाफा हुँदा पनि निगमले भाउ घटाउन चासो दिएन ।

सरकारले बजेटमार्फत पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपियाँ थप पूर्वाधार कर लगाएको छ । अब त्यसको भारी सिधै उपभोक्तामाथि परेको छ ।

बजेटपछि करको भार उपभोक्तालाई नपर्ने तर्क भइरहँदा निगमले भने आफ्नो नाफाको दर कम हुन दिएको छैन ।

Published : Tuesday, 2020 June 30, 10:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया